Section 10
छुट हुने रकमहरु
देहायका रकमहरुमा कर छुट हुनेछः-

(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय ०सन्धि वा सम्झौतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,

(ख) विदेशी राष्ट्रको सरकारी सेवामा रोजगारी गरे बापत कुनै प्राकृतिक व्यक्तिले प्राप्त गरेको रकम,

तर,

(१) सो व्यक्ति रोजगारी गरेको कारणले मात्र बासिन्दा वा गैरबासिन्दा भएको हुनु पर्नेछ,र

(२) सो राष्ट्रको सरकारी कोषबाट त्यस्ता रकमहरु भुक्तानी गरिएको हुनु पर्नेछ ।

(ग) नेपालको नागरिक नभएको खण्ड (ख) बमोजिमको प्राकृतिक व्यक्ति वा निजको निकटस्थ परिवारको सदस्यले विदेशी राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेका रकम,

(घ) कर तिर्नु नपर्ने शर्तमा नेपाल सरकारको सेवामा नियुक्त भएका गैर नेपाली नागरिकले प्राप्त गरेको रकम,

(ङ) नेपाल सरकार, प्रदेश वा स्थानीय तहबाट सामाजिक सुरक्षाको रुपमा दिइने सवै प्रकारका भत्ता,

(च) दफा ७,८ वा ९ बमोजिम आयको गणना गर्दा समावेश गरिनुपर्ने रकम बाहेक उपहार, इच्छापत्र, अपुताली वा छात्रवृत्तिको रुपमा प्राप्त रकमहरु,

(छ) छुट पाउने संस्थाले देहाय बापत प्राप्त गरेको रकमः:-

(१) चन्दा, उपहार,

(२) दफा २ को खण्ड (ध) बमोजिमको छुट पाउने संस्थालाई प्रतिफल प्राप्त गर्ने वा प्रतिकलको आस नगरी त्यस्तो संस्थाको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित अन्य योगदानहरु, वा

(३) ....

(ज) विदेशी राष्ट्रको सेना वा प्रहरी सेवाबाट अवकाश प्रा गरेको नेपाली नागरिकले सो राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेको निवृत्तिभरण बापतको रकम ।

(झ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको जुनसुकै प्रकारको आय,

(ज) नेपाल राष्ट्र बैङ्कले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकम ।

(ट) जलस्रोत ऐन, २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकम।

(ठ) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सामूहिक लगानी कोष (म्युच्युअल फण्ड) ले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकम,

(डु) प्नेपाल सरकारसँग भएको समझदारीपत्रको आधारमा नाफा नकमाउने वा बितरण नगर्ने उद्देश्यले स्थापना भई सञ्चालनमा रहेको शैक्षिक संस्थाले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकम।